आज दर्शकले मैदानमै हेर्न पाउँछन् त मलेसिया र नेपालबिचको म्याच ?, खेल हेर्न काटेको टिकट के होला ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल, नेदरल्याण्ड्स र मलेसियाबिचको त्रिदेशीय टी-२० सिरिज शनिवारदेखि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा चलिरहेको छ । आज नेपाल र मलेशिया आज भिड्दैछन् । दिउँसो सवा १ बजेबाट खेल सुरु हुने तय छ । 

तर, आज बसेको मन्त्रिपरिषदको बैठकले विद्यालय लगायत ठूलो भेला हुने सबैखाले क्षेत्रमा कोरोना भाइरसको जोखिमका कारण निषेध गर्ने निर्णय गरेको छ । २५ जनाभन्दा बढी भेला गर्न नपाउनेगरी निर्देशिका नै जारी गरेको छ । 

यसो भएमा स्कुलमात्र होइन, रंगशाला, फिल्म हल लगायत भिडभाड हुने क्षेत्रहरु प्रभावित हुनेछन् । साथै सार्वजनिक यातायात समेत व्यवस्थित गर्ने निर्णय सरकारले लिएको छ । यो सँगै क्यानले पनि खेलका बेला दर्शक नराख्ने विषयमा अध्ययन गरिरहेको बताएको छ ।

सरकारको निर्णय आएपछि सोमबारको खेलमा दर्शक के हुन्छ भन्ने प्रश्नमा सचिव अशोकनाथ प्याकुरेलले सरकारको निर्णयलाई मान्ने पर्ने र कति सम्म दर्शक राख्न पाउने हो या होइन भन्ने बुझिरहेको र शुन्य दर्शक राख्नुपर्ने भन्ने भएमा दर्शकलाई प्रवेश नगराउने बताए ।

उनले दर्शकविना नै प्रतियोगिता गर्न कठिन नभएको र सरकारको निर्णयलाई सबैले मान्नेपर्ने भएका खेलका बेला दर्शक नराख भनेपछि त्यो गर्नुपर्ने बताए । साथै उनले टिकट खरिद गरेका समर्थकको पैशा प्राविधिक रुपमा मिलाएर फिर्ता गर्न सकिने बताए ।

सोमबार विहान बसेको मन्त्रीपरिषद्को बैठकले रंगशालामा दर्शकसहित खेल खेलाउन नपाउने निर्णय गरेको थियो । यो निर्णय पछि अब खेलका दौरान बैशाख मसान्तसम्म दर्शकको सहभागित हुन नपाउने भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया