UAE मा रोजगारको अवसर : ७८ पुरुष र ५० महिला नेपाली कामदारको माग, तलब कति ?

३ बर्ष अगाडि

काठमाडौ - UAE को एक कम्पनीले नेपाली महिला कामदारको माग गरेको छ । दुबाई सहरमा रहेको imdaad L.L.C. कम्पनीले नेपाली पुरुष महिला कामदारको माग गरेको हो । 

cleaner/janitress का लागि ५० जना महिला र cleaner/general labourer का लगि ७८ जना पुरुष गरि जम्मा १ सय ३८ जना नेपाली पुरुष महिला कामदारको माग गरेको छ । न्युनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित २५ हजार माथि देखि २९ हजार माथि पाउनेछन् । इच्छुक कामदारले empower human resources management pvt. ltd. को कार्यालय सिनामङगल काठमाडौंमा बैशाख १३ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया