कारोबारको दोस्रो घण्टा : नेप्से परिसूचक घटेर  ६८७.६० विन्दुमा पुग्दा ज्योति लाइफ र महिला लघुवित्तको शेयर मूल्य ९ प्रतिशत माथि

३ बर्ष अगाडि

काठमाडौं - कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ११.९० अंकले घटेर २ हजार ६८७.६० विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.४४ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टाको अवधिमा २११ ओटा कम्पनीको रू. २ अर्ब ८६ करोड ५४ लाख ३२ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.९८ र ९.९४ प्रतिशतले बढेको छ । 

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये जलविद्युत्, वित्त र लघुवित्त समूहको परिसूचक बढेको छ । त्यस्तै बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ । 

यस अवधिसम्म नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १९ करोड ७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४ हजार ५ मा कारोबार भइरहेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया