के रिजालले नेपालको साथ छोडेकै हुन् ?

३ बर्ष अगाडि

काठमाडौं । एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका नेता विष्णु रिजाल पनि सहभागी भएका छन् । 

बैठक सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । सो बैठकलाई नेपाल-खनाल पक्षले भने बहिष्कार गरेको छन् ।

रिजाल नेपालपक्षका सक्रिय नेता हुन् । उनी नेपालनिकट नेता मानिन्छ । नेपाल प्रधानमन्त्री हुँदा उनी प्रेस सल्लाहकार थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले ओलीको आलोचना गर्दै आएका थिए । तर, आज उनी ओली पक्षले बोलाएको बैठकमा सहभागि भएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया