टेलिकमको निर्णय : अब अप्टिकल फाइबर नेटवर्क अन्य कम्पनीले प्रयोग गर्न पाउने

२ बर्ष अगाडि

काठमाडौं - नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्कको पूवार्धार अन्य कम्पनीले पनि सहप्रयोग गर्न सक्ने भएको छ । अघिल्लो साता बसेको नेपाल टेलिकम बोर्ड बैठकले यस्तो निर्णय लिएको हो । 

योसँगै अब अन्य टेलिकम तथा इन्टरेनेट सेवाप्रदायक कम्पनीले टेलिकमको फाइबर नेटवर्कको पूर्वाधार सहप्रयोगको बाटो खुलेको छ ।

लामो समयदेखि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आफ्ना पूर्वाधार सहप्रयोग गर्न दिनुपर्ने भनी निर्देशन दिँदै आएको भएता पनि कार्यान्वयन भने हुन सकेको थिएन ।

यसैबीच टेलिकम बोर्डको यो निर्णयले अब पूर्वाधार सहप्रयोगका लागि बाटो खुला गरिदिएको छ । टेलिकमका अनुसार प्राविधिक रुपमा सम्भव भएसम्म ४८ कोरभन्दा माथिका पूवार्धार सहप्रयोग गर्नसक्ने भनी निर्णय भएको हो ।

त्यसका लागि एक्टिभ फाइबर मनिटरिङ सिस्टम जडान गरी जीआईएसमा डेटावेस मेन्टेन्ट गरेर सहप्रयोग गर्न दिइने भएको छ । निर्णयअनुसार एउटा कम्पनीले आफ्नो प्रयोजनका लागि लिएको फाइबर नेटवर्क रिसेल गर्न नपाउने बनाइएको छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया