कारोबारको तेस्रो घण्टा : ०.८६ प्रतिशतले घटेको शेयर बजारमा ४ अर्ब २९ करोड बढिको कारोबार

३ बर्ष अगाडि

काठमाडौं - कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २३.१० अंकले घटेर २ हजार ६७६.४१ विन्दुमा पुगेको छ । ०.८६ प्रतिशतले घटेको बजारमा २१२ ओटा कम्पनीको ४ अर्ब २९ करोड ९१ लाख १ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्त  एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २३ करोड १० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य ३ हजार ९९९ मा कारोबार भइरहेको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये जलविद्युत् र वित्त समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ । 

जसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ५.१८ प्रतिशतले घटेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया