आजबाट काठमाडौं उपत्यकाका १ लाख ५१ हजार धारामा १७ करोड लिटर पानी

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकामा अब दैनिक १७ करोड लिटर पानी वितरण गरिने भएको छ ।  मेलम्ची खानेपानी आयोजनाको पानी आज सोमबारबाट दैनिक १७ करोड लिटर वितरण गरिने भएको हो । 

गत चैत १७ गतेबाट साढे आठ करोड लिटर खानेपानी वितरण गरिएको थियो । सोमबारबाट भने थप साढे ८ करोड गरी जम्मा १७ करोड लिटर पानी वितरण सुरु भएको आयोजनाले जनाएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार काठमाडौंका सातवटै ट्यांकीबाट पानी वितरण सुरू भएको छ । दोस्रो चरणमा आएको पानी सँगै राजधानीका एक लाख ५१ हजार धारामा पानी झर्ने बताइएको छ । मेलम्चीको पानीका लागि एक लाख ८१ हजार धारामा पुर्‍याउने लक्ष्य रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया