एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर मूल्य हाल सम्मकै उच्च, ८.९३ प्रतिशतले वृद्धि

३ बर्ष अगाडि

काठमाडौं - एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको शेयर मूल्य आज सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६१० पुगेको हो ।

आज कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८.९३ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २.८५ प्रतिशत बोनस शेयर र ०.१५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । 

कम्पनीको गत माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया