स्रोत नखुलेको २४ लाख ५० हजार रकमसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

२ बर्ष अगाडि

काठमाडौं - त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ परेका छन् । प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–७ घर भएका ३३ वर्षीय चूडामणि बस्नेतलाई स्रोत नखुलेको २४ लाख ५० हजार नगतसहित पक्राउ गरेको हो । 

आइतबार साँझ यति एयरलाइन्सको उडानबाट विराटनगर जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् । 

उक्त रकमको स्रोत खुलाउन नसकेपछि बस्नेलाई प्रहरीले आन्तरिक उडानतर्फको हेन्ड ब्यागेज चेकिङ एरियाबाट नियन्त्रणमा लिएको हो । 

थप अनुसन्धान र कारवाहीका लागी उनलाई सम्पति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको एसएसपी बास्तोलाले जानकारी दिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया