शेयर बजार दुई दिन देखि लगातार ओराले यात्रामा, ६ अर्ब ७६ करोड ६८ लाख बराबरको कारोबार

२ बर्ष अगाडि

काठमाडौं - लगातार दुई दिन देखि शेयर बजार ओरालो लाग्दा साढे ७३ अंकको गिरावट आएको छ । आइतबार ३५.८८ अंकले घटेको नेप्से सूचक सोमबार ३७.५८ अंकले ओरालो झरको हो । 

गत बिहीबार भने नेप्से सूचक हालसम्मकै उच्च २७३५.४० अंकमा पुगेको थियो । बजार ऐतिहासिक उचाईमा पुगेको शेयर बजारमा सोमबार सरकारले वैशाखमसान्तसम्म भिडभाड हुने क्षेत्रहरु बन्द गर्ने निर्णय गरेपछि पुनस् लकडाउन हुने संकेतले ओरालो लागेको हो ।

सोमबार नेप्से सूचक ३७.५८ अंकले घटेर २६६१.९३ बिन्दुमा झरेर बन्द भएको छ । बजार घटेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकममा समेत कमी आएको छ । आज २१३ कम्पनीको १ करोड ४२ लाख कित्ता बढी शेयर ६ अर्ब ७६ करोड ६८ लाख बराबरमा किनबेच भएको छ । 

आइतबार ८ अर्ब ८० करोड १८ लाख बराबरको कारोबार भएको थियो । कारोबारमा आएका १३ उपसमहुका सूचकमध्ये जलविद्युत र वित्त समूहका बाहेक सबै समूहका सूचक नकारात्मक रहेका छन् । 

बजार घटेपनि दुई कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । साथै चन्द्रागिरीहिल्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै नागरिक लगानीकोषको २८ करोड बढीको शेयर किनबेच भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया