आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने ४ सांसदलाई नै मन्त्री बनाउँदै

२ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्तावमा समर्थन जनाउने चार जना सांसदलाई मन्त्री बनाउने भएका छन् । उनले जनता समाजवादी पार्टीका तीनसहित चार जना सांसदलाई मन्त्री बनाउने भएका हुन् । 

जसपाका ६ सांसदमध्ये विजयबहादुर यादव, सन्तोष पाण्डे र समन रायमाझीलाई मन्त्री बनाएर आफ्नो पक्षमा पार्न लागेको स्रोतले जनाएको छ । त्यस्तै कल्पना पाण्डे पनि रहेकी छिन् । उनी तत्कालीन राजपा पक्षकी हुन् ।

मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाले संयुक्त रूपमा सोमबार अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्ताव दर्ता गराएलगत्तै पोखरेलले जसपाका चार सांसदलाई मन्त्री बनाउने तयारी गरेको हो । 

लुम्बिनी प्रदेशमा कुल ८६ सांसदमध्ये एमालेका ४१ जना सांसद छन् । जसमध्ये ९ जना माधवकुमार नेपाल पक्षका सांसद छन् । नेपाल पक्षका ९ मध्ये २ जना पोखरेलको विरुद्धमा खुलेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया