२० वर्ष पछि खुलेको नयाँ भन्सार एजेन्टको परीक्षा जेठ २२ गते, डबल दस्तुर म्याद बैशाख १२ सम्म

३ बर्ष अगाडि

काठमाडौं - भन्सार एजेन्टको परीक्षा जेठ २२ गते हुने भएको छ । विभागले २० वर्ष पछि थप ६६० जना नयाँ भन्सार एजेन्ट माग गरेको हो ।

बैशाख ५ गतेसम्ममा करिब ७ हजार ७ सय जनाको आवेदन समिट भएको र करिब २ हजार ४ सया जनाले नाम मात्रै दर्ता गराएर राखेको भन्सार विभागले जनाएको छ । 

बैशाख ५ गतेसम्म ३ हजार दस्तुर तिरेर भन्सार एजेन्टको आवेदन दिन सकिने थियो । भने बैशाख ६ गतेदेखि १२ गतेसम्म डबल दस्तुर तिरेर भन्सार एजेन्टको लागि आवेदन दिन सकिने भएको छ । 

भन्सार विभागले नयाँ दिने लाइसेन्स पाउने ६६० जना भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन् । 

भन्सार विभागले २० वर्ष अघि ४०० भन्सार एजेन्टलाई लाइसेन्स दिएको थियो । त्यसबेला लाइसेन्स लिएका एजेन्टमध्ये अहिले १७० मात्रै काममा छन् ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया