प्रकाश सुबेदीले एपीवान टेलिभिजनमा सञ्चालन गर्ने ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

३ बर्ष अगाडि

काठमाडौं - रंग पत्रकार प्रकाश सुबेदीले एपीवान टेलिभिजनमा सञ्चालन गर्ने दुई विवादित मनोरञ्जनात्मक कार्यक्रम निलम्बनमा परेका छन् । 

नायिका शिल्पा पोखरेलले आफ्नो चरित्रहत्या गरेको भन्दै उक्त कार्यक्रमका विरुद्ध टेलिभिजनमा उजुरी दिएकी थिइन् ।

टेलिभिजन स्रोतका अनुसार गत २ वैशाखमा बसेको एपीवान टिभीको बोर्ड वैठकले शिल्पाका विषयमा थप सामग्री नबनाउन सुबेदीलाई निर्देशन दिएको थियो । 

तर, त्यसको अटेर गरी सुबेदीले आफ्नो कार्यक्रममा शिल्पाका पूर्वपति छवि ओझाको अन्तरवार्ता लिएर शिल्पाको थप चरित्रहत्या प्रयास गरेका थिए । 

टीभी बोर्डको निर्णयपछि सुबेदीले सञ्चालन गर्ने ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द भएका छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया