कलाकार मदनकृष्ण श्रेष्ठ सहित परिवारका पाँच जनामा कोरोना पुष्टि

३ बर्ष अगाडि

काठमाडौं - कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उनी सँगै उनको परिवारका पाँच जनामा पनि कोरोना सङ्क्रमणको पुष्टि भएको हो । 

कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसहित परिवारका ५ जनामा कोरोना पुष्टि भएको सोमबार जानकारी गराएका छन् । 

‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले फेसबुकमा लेखेका छन् । 

साथै सोमबार आफ्नो परेको जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद पनि दिएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया