बैंकहरूलाई सजगताका साथ कारोबार सुचारु गर्न राष्ट्र बैंकको निर्देशन

२ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले सजगताका साथ कारोबार सुचारु गर्न÷गराउन  बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

कोभिड–१९ को दोस्रो लहर फैलिएको भन्दै जोखिम न्यूनीकरण गर्न भन्दै राष्ट्र बैंकले यस्तो निर्देशत दिएको हो ।

केन्द्रीय बैंकले “क” “ख” “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाहरूले नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनले दिएका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सेवा प्रवाह गर्न भनेको छ ।

बैंकहरू बाट सञ्चालन हुने बैठक, गोष्ठी, सेमिनार तालिम जस्ता कार्यक्रम पनि भर्चुअल माध्यम बाट गर्न राष्ट्र बैंकले निर्देशनमा उल्लेख गरिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया