भन्सार एजेन्ट छनोटको लागी विभागले तोक्यो लिखित परीक्षाको समय र मिति

३ बर्ष अगाडि

काठमाडौं– भन्सार विभागले भन्सार एजेन्ट छनोटको लागि लिखित परीक्षाको मिति र समय तोकेको छ ।

विभागले सूचना प्रकाशित गर्दै आगामी जेठ २२ गते शनिबार परीक्षा मिति तोकेको छ ।

महामारीको जोखिम कायमै रहेकाले परीक्षार्थीले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि परीक्षा हलमा सहभागी हुन विभागले भनेको छ ।

परीक्षा सो दिन दिउँसो १ बजे देखि सुरु हुने भन्सार विभागले जनाएको छ ।

परीक्षा केन्द्रको हकमा विभागले पछि प्रकाशित गर्ने छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया