आजको मौसम, हावाहुरी र असिना सहित क्षणिक वर्षाको सम्भावना

३ बर्ष अगाडि

काठमाडौं– अपरान्ह पछि देशको  पश्चिमी  भू–भागमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने देखिन्छ ।

देशको उच्च  पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

मङ्गलबार दिउँसो देशको सुदुरपश्चिम प्रदेश, कर्णाली,गण्डकी  तथा लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली  रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जन ÷चट्टयाङ्ग÷हावाहुरी र असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने छ । देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन÷चट्टयाङ्ग÷हावाहुरी र असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया