प्रधानमन्त्रीले गरे स्वास्थ्य मापदण्डको उल्लंघन

३ बर्ष अगाडि

काठमाडौं– स्वास्थ्य मापदण्ड पालना गर्न भन्दै निर्देशन दिएको भोलिपल्ट नै बालुवाटारले उक्त निर्देशनको उल्लंघन गरेको छ ।

सोमबार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले २५ जना भन्दा बढि भेला हुन नपाउने निर्णय गरेको थियो । त्यसको २४ घण्टा बित्न नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भिडभाड सहित श्री सिताराम शोभा रथयात्रा स्थापना समारोहमा सहभागी भएका हुन ।

रथ यात्राका गाली बुधबार चितवनको देवघाटमा ८ सय जना र माडीमा १५ सय जनालाई भोज खुवाउने व्यवस्था गरिएको छ ।

सोमबारको बैठकमा मापदण्ड उल्लंघन गर्नेहरूलाई सङ्क्रामक रोग ऐन अनुसार कानूनी कारवाही गरिने चेतावनी दिइएको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया