राष्ट्र बैंकले किन भन्यो कतारी रियल नोटहरू बुझाउन ?

३ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले कतारी रियल नोटहरू बैंकिङ विभाग तथा प्रदेशस्थित कार्यालयमा बुझाउन भनेको छ ।

विदेशी मुद्राको विनिमय एकीकृत परिपत्र जारी गर्दै कतारको केन्द्रीय बैंकले हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियल बैंकनोटहरु हटाउने निर्णय गरे पछि उक्त नोटहरू केन्द्रीय बैंकमा बुझाउन भनेको हो ।

केन्द्रीय बैंकले उक्त नोटहरूआगामी जेठ ७ गते भित्र राष्ट्र बैंकले तोकेका कार्यालयहरूमा बुझाउनु पर्ने बताएको छ ।

कतारको केन्द्रीय बैंकले आगामी जुलाई १ गते बाट ति नोटहरू प्रतिबन्ध गर्ने जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया