भारतमा सक्रिय संक्रमितको संख्या २० लाख नाघ्यो, १ लाख ८० हजार बढीको मृत्यु

२ बर्ष अगाडि

 

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार ९४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै भारतमा संक्रमितको संख्या १ करोड ५३ लाख १४ हजार ७१४ पुगेको छ ।

यस्तै २४ घण्टामा भारतमा १ करोड ३१ लाख ३ हजार २२० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २० लाख ३० हजार ९४४ रहेको छ ।

 भारतमा पछिल्लो २४ घण्टामा थप १७५७ जनाको मृत्यु भएको छ ।  यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८० हजार ५५५ पुगेको छ ।

यसअघि सोमबार भारतमा अहिलेसम्मकै धेरै २ लाख ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया