धोनी दुइ सय खेल खेल्ने पहिलो खेलाडी, आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्ने !

२ बर्ष अगाडि

इन्डियन प्रिमियिर लिग चेन्नई सुपर किङ्सले जित हात पारेको छ । गए राति भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ४५ रनले हराएको हो । 

पहिले ब्याटिङ गरेको चेन्नईले १ सय ८८ रन जोडेको थियो । उसका लागि फाप डु प्लेसीले ३३, अम्बाती रायडुले २७, मोइन अलीले २६ र सुरेश रैनाले १८ रन बनाएका थिए ।

जवाफमा राजस्थान १ सय ४३ रनमै समेटियो । चेन्नईका जोस बट्लरले ४९ रन बनाउनुुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन ।  चेन्नईका स्पिनरहरु मोइन अलीले ३ र रविद्र जडेजाले २ विकेट लिए । यस खेलमा जडेजाले ४ क्याच पनि लिए । उनले मनन बोहरा, रियान पराग, क्रिस मोरि र जयदेव उनादकटलाई क्याचआउट गरे । 

क्याच लिएपछि जडेजाले समर्थकहरुतर्फ कल मीको इशारा गरेर खुसी मनाएका थिए । यता, चेन्नईका लागि २ सयौं खेल खेलिरहेका कप्तान महेन्द्रसिंह धोनीको प्रदर्शन भने उल्लेख्य रहेन । उनले १७ बलमा १८ रनमात्रै बनाउन सके । एक हातले छक्का लगाउने चक्करमा धोनीले आफ्नो विकेट गुमाए । धोनी कुनैपनि फ्रेन्चाइज टिमका लागि कप्तानका रुपमा दुइ सय खेल खेल्ने पहिलो खेलाडी हुन् । 

यस्तै आज हुने खेलमा तेस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स र चौथों स्थानमा रहेको मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा हुने यी दुई टोलीबीचको खेल राती ८ बजेबाट सुरु हुनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया