पहिलो घण्टामा उकालो लाग्यो नेप्से, ज्योति लाइफको शेयरमूल्य सर्वाधिक बढ्यो

३ बर्ष अगाडि

मंगलवार कारोबारको पहिलो घण्टामा नेप्से उकालो लागेको छ । १२ बजे सम्म आइ पुग्दा नेप्से २२ दशमलव ६२ अंकले बढेर २ हजार ६८४ दशमलव ५५ विन्दुमा पुगेको छ ।  

२ हजार ६७३ दशमलव २४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८५ प्रतिशतले बढेको हो । 

कारोबारमा आएका १३ ओटा उपसमूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ५१ प्रतिशतले घटेको छ भने बाँकी सबै उपसमूह बढेका छन् । 

पहिलो घण्टाको अवधिमा २०३ ओटा कम्पनीको १७ हजार ८०१ पटकको कारोबारमा २५ लाख ६५ हजार १५० कित्ता शेयरको १ अर्ब ३९ करोड ३७ लाख ९६ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य  ७५१ कायम भएको छ । 

यस अवधिसम्म नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको १० करोड ७७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य ४ हजारमा कारोबार भइरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया