चल्तीबाट हट्दै कतारी रियाल, २७ गते भित्र सटही गर्न राष्ट्र बैंकको अनुरोध (सूचना सहित)

२ बर्ष अगाडि

कतारको केन्द्रीय बैंकले हाल चल्तीमा रहेको कतारी रियाल चलनचल्तीबाट हटाउने भएको छ । बैङ्कले निष्कासन गरेको चौथो संस्करणका रियाल बैंक नोटहरू सन् २०२१ जुलाई १ गतेदेखि चल्तीबाट हटाउने भएको हो । 

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आफू सँग भएका कतारी रियाल नोट हरू २०७८ वैशाख २७ गते भित्र सटही गर्न जानकारी गराएको छ । 

बैंकले २७ गते भित्र प्रचलित व्यवस्था बमोजिम बैंकको बैंकिङ विभाग, बैकका प्रदेशस्थित कार्यालयहरू, राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक वित्तिय संस्था वा  इजाजत प्राप्त मनिचेञ्जर हरुबाट सटही गर्न गराउन अनुरोध गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया