उकालो लाग्यो  नेप्से, नागरिक लगानी कोषको सर्वाधिक कारोबार

३ बर्ष अगाडि

मंगलवार कारोबारको दोस्रो घण्टामा नेप्से लगातार उकालो लागेको छ । १ बजे सम्म आइपुग्दा परिसूचक ७ दशमलव १४ अंकले बढेर २ हजार ६६९ दशमलव शून्य ७ विन्दुमा पुगेको छ । परिसूचक शून्य दशमलव २७ प्रतिशतले बढेको हो ।  

कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये वित्त, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी  समूह बढेका छन् । 

दोस्रो घण्टाको अवधिमा २०९ ओटा कम्पनीको २ अर्ब ७० करोड ७८ लाख ५२ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ । 

यस अवधिसम्म नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको  १४ करोड २६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य ३ हजार ९७० कारोबार भइरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया