मुक्तिनाथ विकास बैंकको खुद नाफा १ अर्ब बढी

३ बर्ष अगाडि

मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  १ अर्ब भन्दा बढी नाफा आर्जन गरेको छ । चालू आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब ५६ लाख खुद नाफा आर्जन गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ६७ करोड ६० लाख  नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८९ करोड पुगेको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ८२  करोड ८७ लाख रहेको छ । 

समिक्षा अवधिमा बैंकको निक्षेप  ६८ अर्ब ५७ करोड पुगेको छ भने कर्जा प्रवाह ७९ अर्ब ९० करोड पुगेको छ ।  ।

४ अर्ब ८१ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ८४ करोड रहेको छ । बैंकको खराब कर्जा भने ०.०९ प्रतिशतबाट बढेर ०.२१  प्रतिशत पुगेको छ ।  बैंकको प्रति शेयर आम्दानी २७.८७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेट वर्थ १३८.४३ रुपैयाँ रहेको छ  । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया