पूर्वराजा दम्पती र अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण

३ बर्ष अगाडि

केही दिन अघि भारतबाट कुम्भ मेला मनाएर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरूले कोरोना संक्रमण परीक्षण गराएका थिए । उनीहरूको  कोरोना  रिर्पोट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस्तै अभिनेत्री केकी अधिकारीलाई  पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराउँदा रिर्पोट  पोजेटिभ आएको हो । पहिलो पटक टेष्ट गर्दा नै कोरोना पोजेटिभ देखिएको र दोश्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको केकीले बताएकी छिन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया