मिर्गौला पीडित थापालाई दुई लाख सहयोग

३ बर्ष अगाडि

तँनहुको व्यास–१४ केशवटार निवासी मिर्गौलापीडित मेगीसारा थापालाई उपचारका लागि दुई लाख १२ हजार ८८ सहयोग प्राप्त भएको छ । दमौली–केशवटार समाज समितिका संयोजक युवाराज आलेले मिर्गौला पीडितका श्रीमान् खेमबहादुर आलेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । मिर्गौलापीडित थापालाई उपचारका लागि पहिलो चरणमा एक लाख ३७ हजार ६३८ र आइतबार रु ७४ हजार ४५० गरी उक्त रकम हस्तान्तरण गरिएको आलेले बताए  ।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएपछि आर्थिक अवस्था नाजुक रहेको थापा परिवारले सहयोगको लागि अपिल गरेको छ । मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सहयोग गरिदिनुहुन श्रीमान् थापाले सबैसँग अनुरोध गरेका छन्। मिर्गौलापीडित थापाको हाल चितवनको पुरानो मेडिकल कलेजमा डायलासिस भइरहेको  छ ।

व्यास–१४ केशवटारका युवाको सक्रियतामा समाजमा दुःख, पीडामा र घरको आर्थिक अवस्था नाजुक भएका दीर्घरोगीलाई सहयोग जुटाउँदै आएको संयोजक आलेले बताए। यसअघि पनि दमौली केशवटार समाजको पहलमा सोही वडा निवासी सन्तोष रानाको उपचारका लागि रु ३१ लाखभन्दा बढी रकम सङ्कलन गरी हस्तान्तरण गरिएको संयोजक आलेले जानकारी दिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया