आगलागीमा परी एक वर्षकी बालिकाको मृत्यु, आमाको अवस्था गम्भिर

३ बर्ष अगाडि

दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ । दुर्घटनामा आमा गम्भिर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार राप्ती गाउँपालिका–५ कालापानीमा आगो ताप्ने क्रममा आगलागी हुँदा आमाछोरी जलेर गम्भीर घाइते भएका थिए ।

४४ वर्षकी पुनम सुनार र उनकी एक वर्षकी छोरी जलेपछि उपचारका क्रममा छोरीको लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । आमा पुनमको लमही अस्पतालमा नै उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

 

३ बर्ष अगाडि

प्रतिक्रिया