लगातार तीन खेलमा कुशलको अर्धशतक, विश्व कीर्तिमान कायम

२ बर्ष अगाडि

नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले डेब्युपछि लगातार तीन खेलमा अर्धशतकीय पारी खेल्दै विश्वकीर्तिमान कायम गरेका छन् । कुशलले मंगलबार नेदरल्याण्डविरुद्धको खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले मलेसिया विरुद्ध अविजित ६१ रन बनाएका थिए । 

खेलमा कुशलले ४६ बलमा  ८ चौका र एक छक्काको मद्दतले ६२ रन बनाएर आउट भएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपाली ब्याट्सम्यानहरुले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्न सकेका थिएनन् ।

यस्तै उपकप्तान  दीपेन्द्रसिंह ऐरीले पहिलो टी–२० अर्धसतक बनाएका छन्।ऐरीले २८ बलमा अर्धसतक पुरा गरेका हुन्। उनले २८ बल खेलेर ४ छक्का र ३ चौकासहित अर्धसतक पुरा गरेका छन्। उनि कुल ३० बल खेलेका उनले ६० रन बनाएर आउट भए।

२ बर्ष अगाडि

प्रतिक्रिया