आकर्षक तलबका साथ जोर्डनले माग्यो १०० नेपाली महिला कामदार !

३ बर्ष अगाडि

जोर्डनले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । जोर्डनको   Zamzan Co.Importing Servants र  Al-khidmah Al mumyza for Recruiting कम्पनीले  House Maid १ सय जना नेपाली महिला कामदारको माग गरेको हो । 

कामदारले खान बस्न सहित मासिक ३५ हजार भन्दा बढी तलब पाउने छन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

इच्छुक कामदारले   कार्यालय बसुन्धरा काठमाडौंमा बैशाख १४ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया