नेपालले  नेदरल्याण्डलाई दियो २०७ रनको लक्ष्य,  भुर्तेल र ऐरीको अर्धशतक !

३ बर्ष अगाडि

काठमाडौंमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले नेदरल्याण्डलाई २०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको हो ।

नेपाललाई अन्तर्राष्ट्रिय टी–२० मा दोस्रो ठुलो स्कोर खडा गर्ने क्रममा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । भुर्तेलले डेब्युपछि लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै विश्वकीर्तिमान कायम गर्ने क्रममा मंगलबार ६२ रन बनाए । ४६ बल सामना गरेका उनले ८ चौका र एक छक्का प्रहार गरे ।

यस्तै ऐरीले विस्फोटक ब्याटिङ गर्दै ३० बलमै ६० रन जोडे । उनले तीन चौका र पाँच छक्का प्रहार गरे । यस्तै, सोमपाल कामीले  र कुशल मल्लले १८ रन बनाए । नेदरल्याण्डले नेपाललाई अतिरिक्तका रुपमा १६ रन उपहार दिएको थियो ।

नेदरल्याण्डका लागि भिभियन किङ्ग्मा र पिटर सिलरले दुई÷दुई विकेट लिए भने बास डे लिडे र आर्यन दत्तले एक÷एक विकेट हात पारे ।  नेपालले मंगलबार टी–२० अन्तर्राष्ट्रिय म्याचमा दोस्रो उच्च स्कोर खडा गरेको हो । यसअघि सन् २०१९ मा नेपालले भुटानविरुद्ध २३६ रन बनाएको थियो । यो स्कोर नेपालले कुनै पनि अन्तर्राष्ट्रिय टी–२० मा बनाएको उच्च योगफल हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया