कमेडी च्याम्पियन–२ को प्रसारण स्थगित

३ बर्ष अगाडि

नेपाली रियालिटि शो  कमेडी च्याम्पियनको प्रसारण स्थगित भएको छ  । कमेडी च्याम्पियनको कार्यकारी निर्माता तथा अभिनेत्री केकी अधिकारी र प्रतियोगी श्रेया सुवेदीलाई कोरोना संक्रमण देखिएपछि एक साताका लागि शो  स्थगित गरिएको हो ।

शंका लागेर कोरोना परीक्षण गराउँदा अभिनेत्री केकी अधिकारी र सहभागी श्रेयाको रिपोर्ट पोजेटिभ आएको हो ।

यो साता कमेडी च्याम्पियनको पुरानै शृङ्खला प्रसारण हुने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया