खाद्य कम्पनीको सीईओमा चन्द नियुक्त

२ बर्ष अगाडि

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत(सीईओ) पाएको छ ।

कम्पनीको सीईओमा खुला प्रतिस्पर्धाबाट मोहनप्रकाश चन्दलाई नियुक्त गरिएको छ । गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि चन्दलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।     
     
मन्त्रिपरिषद्को निर्णयानुसार चन्दले गत बिहीवार नै प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरिसकेका छन् ।

विसं २०७४ असोजमा डा शिवहरि श्रेष्ठको कार्यकाल सकिएपछि कम्पनीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशकका रुपमा रहँदै आएका थिए । कैलालीका चन्द तत्कालीन खाद्य संस्थानका नवौं तहबाट अवकाशप्राप्त कर्मचारी हुन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया