भोलि ८ जिल्लामा सार्वजनिक बिदा

३ बर्ष अगाडि

भोलि रामनवमीको दिन प्रदेश–२ सरकारले सार्वजनिक बिदा दिने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै रामनवमीको अवसरमा सरकारले प्रदेश–२ का ८ जिल्ला  धनुषा  महोत्तरी  सर्लाही  सप्तरी   सिराहा  रौतहट   बारा  पर्सामा सार्वजनिक बिदा दिएको हो।

कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड र सरकारले जारी गरेको निर्देशनहरुको पालना गर्न पनि प्रदेशवासीसँग मुख्यमन्त्री राउतले अनुरोध गरेका छन् ।

रामनवमीको अवसरमा भव्य कार्यक्रम हुने जनकपुरस्थित राम मन्दिर र जानकी मन्दिरमा पछिल्ला २ वर्षमा कोरोना कहरको प्रभाव परेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया