मंगलबार उकालो लाग्यो नेप्से , ५ अर्ब ५३ करोड बढीको सेयर कारोबार

३ बर्ष अगाडि

मंगलबार नेप्से सूचक २.६८ अंकले बढेर २६६४.६१ विन्दुमा आएको छ । यस दिन ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 २ सय १६ कम्पनीको १ करोड २३ लाख ६९ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको हो । ९ समूहको सूचक वृद्धि भएको छ । महिला लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । 

ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ ।  

कारोबार रकममा नागरिक लगानी कोष २१ करोड ४२ लाख रुपैयाँभन्दा बढी सहित पहिलो स्थानमा  छ । दोस्रोमा निफ्रा र तेस्रोमा नबिल बैंक रहेका  छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया