राहुल गान्धीलाई कोरोना संक्रमण, मनमोहन सिंहको अवस्था स्थिर !

२ बर्ष अगाडि

भारतीय राष्ट्रीय कांग्रेस पार्टिका नेता एवं सांसद राहुल गान्धीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।आफुलाई कोरोना संक्रमण भएको उनि आफैले मंगलबार ट्विटरमार्फत्  जानकारी दिएका हुन् ।

गान्धीले आफ्नो सम्पर्कमा आएका सबै मानिसलाई सावधानी अपनाउन र सुरक्षित रहन समेत आग्रह गरेका छन् ।

यसअघि पूर्व प्रधानमन्त्री एवं कंग्रेसका वरिष्ठ नेता डा। मनमोहन सिंहलाई समेत कोरोना भाइरस देखिएको छ । ८८ वर्षीय   सिंहलाई दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अवस्था स्थिर रहेको जानकारी दिएका छन् । 

डाक्टर हर्षवर्धनले ट्वीट गर्दै भनेका छन्, ‘मैले एम्समा मनमोहन सिंहजीको उपचारमा संलग्न मेडिकल टिमसँग उनको बारेमा जानकारी दिएँ । उनको अवस्था स्थिर रहेको छ । उनको यथासम्भव राम्रो ध्यान राखिएको छ । हामी सबै वहाँको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछौँ ।’

२ बर्ष अगाडि

प्रतिक्रिया