आठ हजार नमूनाको पिसिआर परीक्षण गर्दा १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अगाडि

पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार ५५ नमूनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ६७ जना र ६८३  जनाको एन्टिजेन परीक्षण गर्दा  ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

यो  नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ।

गत २४ घण्टामा २५१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ८०६ पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार १०२ जना पुगेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया