एकै विद्यालयका ३९ विद्यार्थीमा  कोरोना पुष्टि, बाँकेमा लकडाउन घोषणा

२ बर्ष अगाडि

बागलुङको जनताधन माविका थप ३९ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा उक्तमा कोरोना  पोजेटिभ देखिएको हो ।  

 बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बागलुङले यस अघि सोही विद्यालयका दुई शिक्षक र एक विद्यार्थीमा कोरोना देखिएपछि ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिएका छन् ।

संक्रमितहरुलाई होम आइसोलेसनमा बस्न अनुरोध गरिएको जानकारी दिए। शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण भए पछि आईतबारदेखि नारायणस्थान क्षेत्रका विद्यालयमा पठन पाठन बन्द गरीएको छ । 

यस्तै बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन घोषणा गर्ने निर्णय भएको छ। 
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ९ गतेदेखि एक सातासम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो। 

२ बर्ष अगाडि

प्रतिक्रिया