अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, दोस्रो त्रैमाससम्ममा ४ करोड बढी नाफा

३ बर्ष अगाडि

अजोड इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न  गरेको छ ।

मंगलवार सम्पन्न सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने पानुदत्त पौडेल र सिर्जना सुवेदी निर्विरोध निर्वाचित गरेको छ ।  साथै सभाले आव २०७६र ७७ को तेस्रो वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

कम्पनीले हालसम्ममा सात ओटा प्रादेशिक कार्यालय, २२ ओटा शाखा, १७ ओटा उपशाखा कार्यालयहरु र १० ओटा बीमा काउण्टरहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड ६ लाख नाफा कमाएको छ । सो अवधिमा कम्पनीले ६८ करोड २३ लाख बीमाशुल्क आर्जन गरेको छ ।

साथै कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ ।सोही नियुक्तीलाई साधारण सभाले अनुमोदन पनि गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया