जिल्ला प्रशासन कार्यालयको चेतावनीमूलक १३ बुँदे सूचना जारी

२ बर्ष अगाडि

कोरोना महामारीको दोश्रो लहर ह्वातै बढेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले  एक सूचना जारी गरेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै सिडिओ कार्यालयले  चेतावनीमूलक १३ बुँदे सूचना जारी गरेको हो ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रका आधारमा प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन आग्रह गरेको छ ।

सार्वजनिक सवारी साधनहरुमा पनि सिट क्षमताभन्दा बढी यात्रु नराख्न, यात्रुवाहक सवारी साधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन भनिएको छ ।

प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिए अनुसारको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

 

२ बर्ष अगाडि

प्रतिक्रिया