कोरोना संक्रमित अभिनेता किशोरको निधन

२ बर्ष अगाडि

बलीउड अभिनेता किशोर नान्दलसकरको  निधन भएको छ । किशोरको कोरोना संक्रमणका कारण मंगलबार दिउँसो निधन  भएको हो । 

८१ वर्षका किशोर दुई साता अघि ठाणेको कोभिड सेन्टरमा भर्ना भएको भारतीय संञ्चारमाध्यमले जनाएका छन् ।

उनले फिल्म ‘इना मीना डिका’बाट फिल्मी करियर शुरुवात गरेका थिए । उनले अभिनय करियरमा झण्डै ३० फिल्ममा काम गरे ।

उनले फिल्म ‘वास्तव’, ‘सिम्बा’, ‘जिस देश मे गंगा रहता है’, ‘खाकी’ र ‘सिंघम’ जस्ता फिल्ममा अभिनय गरेका थिए । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया