रामदानको अवसरमा  ७०० कैदी जेलमुक्त

बैशाख ७, २०७८ | आजको अर्थ
ajaako_artha

मुसलमानहरूको पवित्र पर्व रामदानको अवसरमा इजिप्टले देशभरका विभिन्न जेलमा थुनामा रहेका करिब एक हजार ७०० व्यक्तिलाई मङ्गलबार जेलमुक्त गरेको छ । पवित्र महिना रामदानको अवसरमा जेलमा रहेका तर आचरणमा सुधार देखिएका व्यक्तिलाई कैद मिनाहाका लागि राष्ट्रपतिको निर्देशनमार्फत रिहाइ गरिएको हो ।

जेलमा रहँदा आचरणमा सुधार आएका र दुई तिहाई जेल जीवन बिताइसकेका कैदीलाई कैद मिनाह गर्ने अन्तर्राष्ट्रिय परम्परा रहेको छ । इजिप्टमा जस्तै विश्वका अन्य मुलुकमा पनि पर्व र धार्मिक तथा सांस्कृतिक लामो बिदाको अवसरमा दुई तिहाइ कैद भुक्तानी गरिसकेका कैदीहरूलाई बाँकी कैँद सजाय मिनाह गरी रिहाइ गर्ने प्रचलन चल्दै आएको छ । इजिप्टले रमादान र स्वतन्त्रता दिवस ९जुलाई २३० का अवसरमा कैदीहरूको बाँकी जेल अवधि मिनाह गर्ने र सुधार देखिएका उनीहरूको रिहाइ गर्ने प्रचलन बर्षोँ देखि चल्दै आएको छ । 

इजिप्टको संविधानअनुसार  शसस्त्र विद्रोह, आतङ्कवाद, बदला हत्या र लागु पदार्थ हिरोइनको कारोबारमा सम्लग्न भई जेल परेका कैदीको बाहेक अन्य मुद्दामा जेल परेका कैदीको जेल मिनाह गर्ने अधिकार राष्ट्रपतिमा निहित छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८