सिंगटी हाइड्रोको आइपीओ दोस्रो बजारमा अधिकतम ३०० रुपैयाँसम्ममा कारोबार खुल्ने

३ बर्ष अगाडि

काठमाडौं -  सिंगटी हाइड्रो इनर्जीको प्राथमिक शेयर (आइपीओ) धितोपत्र दोस्रो बजारमा अधिकतम ३०० रुपैयाँसम्म शेयर कारोबार खुला हुने भएको छ ।

कम्पनीले आईपीओ जारी गर्न प्रकाशन गरेको विवरण अनुसार कम्पनीको न्यूनतम प्रतिशेयर नेटवर्थको तीन गुणासम्म नेप्सेले ओपनिङ्ग कारोबार रेञ्ज तोक्ने भएकाले कम्पनीको शेयर अधिकतम ३०० रुपैयाँसम्म खुल्नसक्ने देखिएको हो ।

सिंगटी हाइड्रो इनर्जीको आर्थिक वर्ष २०७६.७७ को वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ १०० रूपैयाँ छ । यस आधारमा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्नेछ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थदेखि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ । यसअनुसार सिंगटी हाइड्रो इनर्जीले पनि कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज पाउनेछ ।

कम्पनीले चैत ६ गते देखि १० गतेसम्म कुल २९ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसमध्ये १ लाख ५४ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँड गरी २६ लाख ९७ हजार कित्ता शेयर चैत २७ गते सर्वसाधारणमा बाँडफाँड गरेको थियो ।

बाँडफाँडमा गोलाप्रथाबाट २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए । रितपूर्वक आवेदन दिने योग्य आवेदकमध्ये नै १२ लाख ९० हजार १०२ जनाको हात खाली भएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया