कालिका लघुवित्तद्वारा १० प्रतिशत बोनस सेयर पारित

२ बर्ष अगाडि

काठमाडौं - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं र ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको संयुक्त सभा मंगलबार टास्क इन्टरनेशनलको सभाहल, पोखरा, कास्कीमा सम्पन्न भएको हो  ।

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै संस्थाको सेयर स्वामित्व संस्थापकतर्फको ५४.५२ र सर्वसाधारणतर्फ ४५.४८ कायम गर्ने प्रस्ताव पनि पेश भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया