सिटिजन्स बैंकको खुद नाफा बढ्यो, चैत मसान्तसम्ममा १ अर्ब ५४ करोड कमायो

३ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार बैंकको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष खुद नाफा ४१.६१ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानीसँगै फि कमिशन तथा डिस्काउण्ट आय र गैर सञ्चालन आम्दानी बढेपछि बैंकको खुद नाफा बढेको हो ।

समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २२७.५८ प्रतिशत बढेर १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ पुगेको छ । सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.१९ प्रतिशत बढेको छ भने खुद फि कमिशत तथा डिस्काउण्ट आय ३७.२१ प्रतिशत बढेको छ ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६६ पैसा बढेर १७ रुपैयाँ ६७ पैसा पुगेको छ । बैंकको नेटवर्थ १ रुपैयाँ १० पैसा बढेर १४६ रुपैयाँ ८७ पैसा पुगेको छ ।

साथै बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा ११ अर्ब ६६ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यको तुलनामा यो २८.५८ प्रतिशत बढेको हो । त्यसैगरी, बैंकको जगेडा कोष समीक्षा अवधिमा २६.३० प्रतिशत बढेर ५ अर्ब ४६ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया