विश्वमा नयाँ रेकर्ड बनाउने भारत दोस्रो देश, एकैदिन झण्डै ३ लाखमा कोरोना पुष्टि हुँदा २ हजार बढिको मृत्यु

२ बर्ष अगाडि

एजेन्सी - भारतमा पछिल्लो २४ घण्टामा झण्डै ३ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतमा पछिल्लो एकैदिन २ लाख ९४ हजार २ सय ९१ मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

भारतमा पहिलो लहरमा सबैभन्दा धेरै दैनिक संक्रमण ९८ हजारमात्र थियो । विश्वभरका देश मध्ये एकैदिन यति धेरै संक्रमित थपिएको यो दोस्रो घटना हो । यसअघि संयुक्त राज्य अमेरिकामा गत जनवरी ८ मा एकैदिन ३ लाख ७ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको थियो । 

भारतमा संक्रमितको संख्या थपिएसँगै दैनिक मृत्यु हुनेको संख्यामा पनि नयाँ रेकर्ड बनाएको छ । मंगलबार एकैदिन भारतभर २ हजार २१ जना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस फैलिन थालेपछि भारतमा दैनिक यति धेरै संक्रमितको मृत्यु भएको यो पहिलो पटक हो । 

भारतमा अहिले १ सय जनालाई परीक्षण गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिने गरेको छ । महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तरप्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया