चर्को विरोधपछि युरोपियन सुपर लिगमा सहभागिता निश्चित गरेका प्रिमियर क्लवका ६ क्लबले गरे नाम फिर्ता, कुन कुन ?

३ बर्ष अगाडि

एजेन्सी - प्रस्तावित युरोपियन सुपर लिगमा सहभागिता निश्चित गरेका इंग्लिस प्रिमियर लिगका ६ वटा क्लबले आफ्नो नाम फिर्ता लिएका छन् । समर्थकमाझ नै चर्को विरोध हुन थालेपछि उक्त क्लबहरुले आफ्नो नाम फिर्ता गरेका हुन् । 

नाम फिर्ता गर्ने क्लबमा आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र टोटनह्याम रहेका छन् । यस्तै चेल्सीले नाम फिर्ता लिनका लागि आवश्यक कागजी प्रक्रिया सुरु गरेको संकेत दिएलगत्तै म्यानचेस्टर सिटीले पनि प्रतियोगिताबाट नाम फिर्ता लिएको हो । 

यी क्लबहरुले क्रमुसः प्रिमियर लिगलाई नै सर्वेसर्व मान्ने निर्णय गरेका छन् । आइतबार युरोपका १२ टोलीहरुबीचको सुपर लिग प्रतियोगिता आयोजना हुने घोषणा भएलगत्तै विश्वभरबाट सहभागी क्लबका समर्थहरुले विरोध गरिरहेका छन् । 

यस्तै युरोपेली फुटबल महासंघ र फिफाले समेत कटाक्ष गर्दै आएको छ । अब बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिड, युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका छन् ।

रियलका अध्यक्ष समेत रहेका फ्लोरेन्टिनो पेरेजको अध्यक्षतामा गठित ईएसएलमा २० क्लबले प्रतिस्पर्धा गर्ने बताईएको छ । जसमा संस्थापन १५ र ५ टिम छनोटबाट आउने टिम रहने बताईएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया