नेपाललाई ट्रान्जिट बनाएर विदेश जादै भारतीय, बन्द होला त नेपाल भारत हवाई उडान ?

२ बर्ष अगाडि

काठमाडौं - अहिले दोस्रो लहरको कोरोना सङ्क्रमणले भारतमा दिनकै नयाँ रेकर्ड बनाइरहेको छ । यसको प्रभाव नेपालमा पनि पर्न थालिसकेको छ । त्यसैले सरकारले नेपाल भारत हवाई उडान बन्द गर्ने वा नगर्ने विषयमा आज निर्णय गर्ने भएको छ ।

सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढेसँगै सो विषयमा निर्णय गर्न आज बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुने सम्भावना रहेको छ । 

सीसीएमसीले भारतमा कोभिडको महामारी अत्यधिक भएको भन्दै दुई देशबीचको उडान स्थगन गर्न मन्त्रिपरिषद्‌मा सिफारिस गरेको छ ।

पछिल्लो समय भारतीयहरू नेपाललाई ट्रान्जिट बनाएर विदेश जाने गरेका थिए । 

२ बर्ष अगाडि

प्रतिक्रिया