सी.जीले ल्यायो एयर कुलर, के के छन् विशेषता ?

२ बर्ष अगाडि

इलेक्ट्रोनिक्स जगतमा नेपालकै सबैभन्दा ठूलो ब्रान्ड सी।जी।ले गर्मी यामलाई मध्यनजर गरेर विभिन्न एयर कुलरहरु बजारमा उपलब्ध गराएको छ । 

बढ्दो गर्मीलाई सहज तरिकाले काट्न सी।जी।ले चार प्रकारमा विभिन्न साइजमा एयर कुलरहरु ल्याएको छ । जस अन्तर्गत डेर्जट कुलर, टावर कुलर, पर्सनल कुलर र विन्डो कुलर रहेका छन् । यी कुलरहरुलाई अझै सहज रुपमा चलाउन यसमा रिमोटको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

यी कुलरहरुमा रहेको कन्सिल कपर मोटरले मोटरलाई पाताले पुरै छोपेर राखिएको हुन्छ, जसकारण पानीको चुहावट भएमा पनि केही हानी गर्दैन । अब यी कुलरहरु बत्ति नभएको बेलामा पनि इन्भर्टरको सहायताले सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ । 

त्यस्तै यसमा आल्मुनियम ब्लेड, हनिकम प्याड, कार्बन फिल्टर, भिटामीन सि फिल्टर, डस्ट फिल्टर नेट आदी जस्ता विशेषताहरु रहेका छन् । यसमा पावरफुल मोटरको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यी एयर कुलरहरुले हावालाई विभिन्न तरिकाले छरिएर चिसो बनाई आनन्दको महसुस गराउँदछ । सी।जी। ले यी कुलरहरुमा १२ महिनाको वारेन्टी दिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया