ह्वावेले सार्वजनिक गर्‍यो पहिलो विद्युतीय कार, बजार मुल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं- स्मार्टफोन निर्माता कम्पनी ह्वावेले पहिलो हाइब्रिड एसयूभी कार सार्वजनिक गरेको छ । कम्पनीले विद्युतीय कार तथा उपकरण निर्माता सेरेससँगको सहकार्यमा यो गाडी बजारमा ल्याएको हो ।

यी दुवै कम्पनीले ‘एसएफ फाइभ एसयूभी’लाई चीनभर रहेका ह्वावेको स्टोरबाट रिटेल बिक्री गर्ने घोषणा पनि गरेका छन् ।

यस कारको डिजाइन र फिचरको कुरा गर्दा  ‘सेरेस एसएफ फाइभ एसयूभी’ मा आकर्षक फिचर छन् । यसको इन्टेरियर डिजाइनमा ठूलो टचस्क्रिनयुक्त इन्फोटेन्मेन्ट स्क्रिन छ, जुन हेर्दा टेस्ला कारको जस्तै देखिन्छ ।

यो कारमा १.५ लिटर पेट्रोल इन्जिनसहित विद्युतीय मोटर पनि छ, जसले ५५१ एचपीको पावर र ८२० एनएम टर्क दिन्छ । यसको हाईब्रिड मोडमा एक हजार किलोमिटर र ब्याट्री पावर मोडमा १८० किलोमिटर माइलेज पाउन सकिन्छ ।

यो कारको मूल्य चीनमा २ लाख ८६ हजार ८ सय चिनियाँ यूआन (४५ लाख रूपैयाँको हारहारीमा) रहेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया